नयाँ वर्षमा लुम्बिनीमा सांस्कृतिक तथा सडक महोत्सव हुने

नि:शुल्क यातायातको व्यवस्था, होटलका रुममा ६० प्रतिशत छुट

पोखरा न्यूज । अंग्रेजी नयाँ वर्षको अवसरमा लुम्बिनी सांस्कृतिक तथा आठौँ सडक खाना महोत्सव हुने भएको छ । ‘लुम्बिनी सुरक्षित छ, कोभिडले डारउनु पर्ने अवस्था छैन’ भन्ने सन्देश दिदै लुम्बिनी होटल संघले १६ र १७ पुसमा नयाँ वर्ष २०२२ अवसर पारेर सडक खाना महोत्सव गर्न लागेको हो ।

कोभिडले थलिएको पर्यटन व्यवसायलाई उजागर गर्न, स्थानीय समुदायको परिकारको प्रवर्द्धन गर्न, लुम्बिनीमा पर्यटकको बसाईँ हुने गरी आन्तरिक र भारतीय पर्यटकलाई मध्येनजर गर्दै विशेष स्कीमका साथ महोत्सव गर्न लागिएको लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द ज्ञवालीले बताए ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

‘७ वटा विभिन्न विशेषता सहित यस वर्षको माहोत्सव फरक शैलीमा मनाउने गरी दुई दिन आयोजना गर्न गइरहेका छौँ, यसलाई विस्तारै साताव्यापी मनाउने गरी संघले लक्ष्य राखेका छाैं,’ अध्यक्ष ज्ञवालीले बताए ।

हाल कोभिडलाई मध्येनजर गरेर कोभिडको सर्तकता अपनाउँदै टि आकारमा महिलवार बजार र लुम्बिनीको ४, ५ नम्बर गेटसम्म सय बढी स्टल राखिने आयोजक संस्थाका वरिष्ठ उपाध्यक्ष लीलामणि शर्माले जानकारी दिए ।

कार्यक्रममा खानाका विभिन्न परिकार सहित स्थानीय खानाको ब्राण्डिङ गर्ने, थारु, मगर र स्थानीय संस्कृतिको कला प्रदर्शन, स्थानीय र राष्ट्रिय कलाकारद्वारा सास्कृतिक प्रस्तुति हुनेछ । सन् २०१२ देखि हुँदै आएको महोत्सवमा यस वर्ष करिब ३३ लाख खर्च हुने र ७५ हजार बढी खाना पारखीले महोत्सवको अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।

महोत्सवका लागि भनेर स्थानीय यातायात व्यसायीहरुको सहकार्यमा छोटो दूरिको लागि बुटवल, भैरहवा, सैनामैना, फायरलाइन, कपीलवस्तु छपिया लगायतका स्थानबाट नि:शुल्क यातायातको व्यवस्था समेत गरिएको संघका महासचिव पुरुषोतम अर्यालले बताए ।

लुम्बिनी क्षेत्रमा अवस्थित सम्पूर्ण होटलले खानामा विशेष छुटसहित होटलका रुममा ६० प्रतिशतसम्म छुटको व्यवस्था गरेका छन् । लुम्बिनीमा हाल ५ हजार बेड क्षमताका करिब ९० वटा होटल छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button