केसीकाे हलिउड फिल्म ‘फाइट अफ फरी-२’को फस्टलुक सार्वजनिक

पाेखरा न्यूज । नेपाली कलाकार तथा मार्शल आर्टका खेलाडी शन्नी बि केसीको हलिउड फिल्म ‘फाइट अफ फरी २’को फस्टलुक सार्वजनिक भएको छ ।

सन्नीकै कथा र निर्देशन रहेको फिल्ममा हलिउडका कलाकारको पनि अभिनय छ । उहाँ फिल्मका प्रमुख अभिनेता हुनुहुन्छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

फिल्ममा अभिनेता ब्रुसलीको फिल्म ‘इन्टर द ड्रागन’मा काम गर्नुभएका कलाकार बब वाल, लियो फोङ, जो माइकल, एम एम ए फाइटर लगायतका कलाकारको अभिनय छ । अंग्रेजी भाषामा बनेको यो फिल्म नेपालीमा डब गरेर नेपालमासमेत प्रदर्शन गरिने शन्नीले बताउनु भयाे।

एक्सन जनराको यो फिल्मले मानव बेचबिखनविरुद्धको कथालाई उठान गरेको छ । यो फिल्मलाई हलिउडका थिएटर तथा ओटीटी प्लेटफर्म नेटफ्लिक्स, एमाजोन प्राइममा रिलिज गरिनेछ ।

शन्नीले बलिउडका गोविन्दा, मिथुनका फिल्ममा समेत काम गरिसक्नुभएकाे छ । उहाँले केही समय अघि नेपाली फिल्म ‘गोर्खा रक्षक’मा पनि काम गर्नुभएकाे थियाे । उहाँले ‘जाहवाज’, ‘गैरकानुनी’, ‘प्यार कर के देखो’, ‘हत्या’, ‘दुश्मन’लगायतका फिल्ममा पनि अभिनय गर्नुभएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button