
पाेखरा न्यूज । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री तथा नवनिर्वाचित कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्नुभएकाे छ ।
देउवा भेट्न शुक्रबार बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा प्रचण्ड पुग्नुभएकाे हाे । उहाँले सभापतिमा निर्वाचित भएको देउवालाई बधाई तथा शुभकामना दिनुभएकाे छ ।
साथै वर्तमान राजनीतिक परिस्थितिसहित गठबन्धनको आगामी रणनीतिबारे पनि उहाँहरूबीच छलफल भएको छ । संसदमा देखिएको राजनीतिक गतिरोध अन्त्यका विषयमा पनि प्रधानमन्त्री देउवा र प्रचण्डबीच छलफल भएको छ ।





