कांग्रेसका बाँकी पाँच सहमहामन्त्रीको मतगणना सुरु

खस/आर्यमा राठाैरकाे अग्रता

पाेखरा न्यूज । नेपाली कांग्रेसको पाँच सहमहामन्त्रीको मतगणना सुरु भएको छ । शुक्रबार केन्द्रीय कार्यालय सानेपामा दिउँसो १२ बजेपछि मतगणना सुरु भएको हो ।

यसअघि बिहीबार कुल आठमध्ये तीन कलस्टरमा सहमहामन्त्रीको मतगणना भएको थियो । महिला, दलित र आदिवासी जनजातितर्फ गणना हुँदा महालक्ष्मी उपाध्याय (डिना), जीवन परियार र भीष्मराज आङ्देम्बे निर्वाचित भइसक्नुभएकाे छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

आज मुस्लिम, मधेसी, पिछडिएको क्षेत्र, थारु, खस/आर्यको मतगणना सुरु भएको निर्वाचन समितिका प्रवक्ता जगन्नाथ श्रेष्ठले जानकारी दिनु भयाे ।

खस/आर्यतर्फ  देउवा समूहका किशाेरसिंह राठाैरले अग्रता लिनु भएकाे छ । उहाँले शेखर समूहका देवराज चालिसेलाई पछि पार्नुभएकाे हाे । अहिलेसम्म दुई सय मत गनिसकिएकाे छ । जसमा राठाैरले एक सय सात र चालिसेले ९१ मत पाउनु भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button