
पोखरा न्यूज । स्कुटर दुर्घटनामा घाइते भएकी तनहुँकी एक युवतीको पोखरामा उपचारका क्रममा मृत्यु भएको छ ।
पृथ्वीराजमार्ग अन्तर्गत अकलाबाट खैरेनिटार तर्फ जादैँ गरेको ग १० प ८८५४ नं. को स्कुटरको पछाडिको टायर पन्चर भइ रोडमा पल्टिदा घाइते भएकी दुलेगौडा ४ बस्ने २७ वर्षीया निसा थापाको उपचारको क्रममा पोखराको मणिपाल अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ।
तनहुँ शुक्लागण्डकी नगरपालिका -७ सेराटारमा गत मंसिर २२ गते दुर्घटना हुँदा गम्भीर घाइते भएकी स्कुटरको पछाडि सवार थापाको पोखरा स्थित मणिपाल अस्पतालमा उपचार भइरहेकोमा उपचार कै क्रममा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार दुर्घटनामा स्कुटर चालक पोखरा महानगरपालिका -२९ आदर्श चोकका ४० वर्षीय राम बहादुर नेपाली बायाँ हातमा चोट लागेको छ । नेपालीको अवस्था सामान्य रहेको छ ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





