कैदीबन्दीको उपचारको क्रममा मृत्युु

पाेखरा न्यूज । पेट दु:खेपछि उपचारका लागि अस्पताल लगिएका सप्तरीकाे राजविराज कारागारका एक जना कैदीबन्दीको शुक्रवार मृत्यु भएको छ । ५८ वर्षीय उद्धवप्रसाद खतिवडाको मृत्यु भएको हो ।

बिहान ८ बजेतिर खतिवडाले पेट दुख्यो भनेपछि उपचारको लागि निजी क्लिनिकमा लगेपछि उनी क्लिनिकमै बेहोस भएका थिए । उनलाई तत्कालै गजेन्द्रनारायण सिंह अस्पतालको इर्मेजेन्सी वार्डमा भर्ना गराईको कारागारका जेलर सुमन कोइरालाले बताउनु भयाे ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

उपचारकै क्रममा उनको बिहान सवा ११ बजे मृत्यु भएको हो।  उनको हर्ट एट्याकबाट मृत्यु भएको अस्पतालले जनाएको छ। सुनसरीको दुहबी-४ का खतिवडा कागजात कीर्ते गरी ठगीसम्बन्धी मुद्दामा १७ साउन २०७५ देखि पुर्पक्षका लागि कारागारमा थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button