गायिका कोमल वलीलाई दाङ सहइन्चार्जको जिम्मेवारी

पाेखरा न्यूज । नेकपा एमालेले गायिका कोमल वलीलाई दाङ जिल्लाको सह इन्चार्जको जिम्मेवारी दिएको छ । १०औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित वलीलाई २५-२६ मंसिरमा भक्तपुरमा बसेको केन्द्रीय समितिको दोस्रो बैठकले सह इन्चार्ज तोकेको हो ।

दाङको इन्चार्जमा भने पोलिटब्युरो सदस्य नरुलाल चौधरीले जिम्मेवारी पाउनु भएकाे छ। अन्य सह इन्चार्जमा गंगा सत्गौवा, मेनका पोखरेल, घनश्याम पाण्डे र सीता न्यौपाने हुनुहुन्छ । उहाँहरु सबै केन्द्रीय सदस्य हुनुहुन्छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button