ओलीको टिके सल्लाहकार नबन्ने भीम रावलको घोषणा

पाेखरा न्यूज । नेकपा एमालेका वरिष्ठ नेता डा. भीमबहादुर रावलले पार्टीको सल्लाहकार पद अस्वीकार गर्नुभएकाे छ ।

महासचिव शंकर पोखरेलले रावललाई अमृत बोहराको अध्यक्षतामा रहेको केन्द्रीय सल्लाहकार परिषद्को सदस्य अर्थात पार्टीको सल्लाहकारको जिम्मेवारी दिइएको बताउनु भएकाे बेला रावलले त्यसको खण्डन गर्नुभएकाे हाे ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

उहाँले अध्यक्ष केपी शर्मा ओलीप्रति संकेत गर्दै टिके प्रणालीबाट आफू सल्लाहकार नबन्ने स्पष्ट पार्नुभएकाे छ ।

‘मलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक छ,’ रावलले भन्नुभएकाे छ, ‘यस्तो टिके प्रणाली जनताको बहुदलीय जनवाद र लोकतान्त्रिक मान्यताको विपरीत हुन्छ ।’

अध्यक्ष ओलीसँग १०औं महाधिवेशनमा प्रतिस्पर्धा गरेका रावलले केन्द्रीय सदस्य पद पनि अस्वीकार गर्नुभएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button