पाेखराका यी ठाँउहरुमा आइतबार दिनभर विद्युत सेवा अवरुद्ध हुने !

पाेखरा न्यूज । आइतबार भाेलि बिहान १० बजेदेखि दिउसाे ५ बजेसम्म पाेखराका विभिन्न ठाँउहरुमा विद्युत सेवा अवरुद्ध हुने भएकाे छ । बैदाम फिडरको कन्डक्टर अपग्रेड गर्नुपर्ने भएकाले विद्युत लाइन प्रशारण अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरणकाे पाेखरा वितरण केन्द्रले जानकारी दिएकाे छ ।

 

पाेखराकाे खहरे, हल्लनचोक, गैराचौतारा, बंग्लादी, वाटरफ्रन्ट लगायतका क्षेत्रहरुमा लाइन अवरुद्ध हुने केन्द्रले सूचना मार्फत जानकारी दिएकाे छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

प्राधिकरणले शनिबार जारी गरेकाे सूचना यस्ताे छः

भोली मिति २०७८/०९/०४ गते आइतबार को दिन खहरेमा बैदाम फिडरको conductor upgrade गर्ने कार्य गर्नुपर्ने भएकोले खहरे, हल्लनचोक, गैराचौतारा, बंग्लादी, waterfront लगायतका क्षेत्रहरुमा बिहान १०:०० बजे देखि ५:०० बजे सम्म लाइन अबरुद्ध हुने ब्यहोरा जानकारी गराउदछौ ।
सेवा अबरुद्ध को लागि क्षमाप्रार्थी छौ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button