मुलुक बनाउन श्रम शक्तिलाई यही रोक्नु पर्छ: मन्त्री बराल

पोखरा न्यूज । गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले मुलुक बनाउन यहाँको श्रम शक्तिलाई यही रोक्नु पर्ने बताउनु भएको छ । पोखरा ६ मा रहेको माता तालबाराही आरती सेवा समितिको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनको शनिबार उद्घाटन गर्दै मन्त्री बरालले उक्त कुरा बताउनु भएको हो ।

दोस्रो तथा तेस्रो मुलुकमा श्रम गर्न जाने नेपाली संस्कारको अन्त्य गर्नुपर्ने उहाँको भनाई छ । कुलतबाट बचाउन बाल्यकालसम्म अभिभावकले दायित्व बहन गर्नुपर्ने बताउँदै मन्त्री बरालले युवा अवस्थाबाट स्वयम आफै बाच्न सक्ने बनाउनु पर्नेमा जोड दिनु भयो ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

कृषिबाट नेपालको पर्यटनको विकास गर्न सकिने बताउँदै उहाँले पहिला कृषिमा आत्मनिर्भर भएको मुलुकमा हाल विदेशबाट चाम, कोदो लगायतका खाद्य बस्तु आयात हुने गरेको जनाउनु भयो । पर्यटकलाई स्वदेशमा उत्पादन भएका बस्तु दिन सके मात्र आर्थिक विकास गर्न सकिने मन्त्री बरालले बताउनु भयो । आध्यात्मिक तथा भौतिकवादको बहस गर्नु पर्ने आवश्यक भएको मन्त्री बरालको भनाई थियो ।

पोखरामा सञ्चालन भएको आरतीले पर्यटनको बसाई लम्बाउन तथा थप मनोरञ्जन दिन सहयोग पुगेको उहाँले विश्वास व्यक्त गर्नु भयो । प्रदेशको राजधानी पोखरा सहितको क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न धार्मिक पर्यटनको समेत उत्तिकै सम्भावना भएको दाबी गर्नु भयो ।

भक्ति फाउन्डेसनका संस्थापक अध्यक्ष शीतल कृष्ण महाराजले भारतको परम्परालाई पोखरामा भारती गरेर भौतिक आनन्दीको सकारात्मक ऊर्जा प्रदान गरेको बताउनु भयो । आरती गर्दा नियम थप कडाइ गर्नुपर्ने उहाँले बताउनु भयो ।

समितिका अध्यक्ष गिरीराज अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाली काँग्रेस पोखरा ६ का वडा इकाई कमिटीका सभापति सन्तोष पौडेल, मितेरी आमा समूहका सचिव इन्दिरा पौडेल, समितिका सचिव सूर्यनाथ पहारी, सहसचिव तुलसी दाहाल लगायतले पोखरामा आरती गर्न सुरु गरेसँगै पर्यटन प्रवर्धनमा थप टेवा पुग्ने गरेकोमा जोड दिनु भएको थियो ।

आरती गुरु गोकर्ण अधिकारीले  आरतीमा राजनीति नघुसाउन आग्रह गर्नुभयो । आरती सुरु गर्दा एक बोतल पानी बाँडेर खानु परेको स्मरण गर्दै अधिकारीले धार्मिक क्षेत्रमा कुनै जात धर्म नभई सबैको साझा भएको बताउनुभयो ।

उक्त अवसरमा मिना भट्टराई परिवारबाट २५ हजार ५ सय ५ रुपैयाँको अक्षयकोष रकम सहयोग हस्तान्तरण गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button