मन्त्री कार्की कांग्रेस केन्द्रीय सदस्यमा पराजित 

पाेखरा न्यूज । प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की कांग्रेसको केन्द्रीय सदस्यमा पराजित हुनुभएकाे छ ।

संस्थापन इतर समुहबाट खुल्ला केन्द्रीय सदस्यमा उठ्नुभएका कार्कीले १ हजार ६४४ मत ल्याउनु भएकाे थियाे । ६४ मत कम आउँदा उहाँ पराजित बन्नुभएकाे हाे ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

कांग्रेसको विधान अनुसार खुल्ला केन्द्रीय सदस्यमा ३५ जना निर्वाचित हुने व्यवस्था रहेको छ । कार्की भने मतपरीणामले ३७ नम्बरमा पर्नुभएकाे छ ।

पराजित कार्की सभापतिका प्रतिस्पर्धी डा. शेखर कोइरालाका विश्वसा पात्र मानिनुहुन्छ । उहाँ प्रदेशसभामा कांग्रेसका प्रमुख सचेतकसमेत हुनुहुन्थ्याे । पराजित भएपछि कार्कीले सामजिक संजाल फेसुबकमा लेख्नुभएकाे छ, ‘म खुसी छु मत पटक पटक हारौं तर विचारमा सम्झौता गर्नु परोस,स्वाभिमान न झुकोस पद सगप्रतिष्ठा साट्नु नपरोस ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button