गगन थापा भन्दा शशांक कोइराला कांग्रेसमा बढी ‘पपुलर’ !

पाेखरा न्यूज । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत नेतृत्व चयनको निर्वाचनमा सबैभन्दा बढी मत निवर्तमान महामन्त्री डा. शशांक कोइरालाले ल्याउनु भएकाे छ। विपी कोइरालाका कान्छा छोरा शशांकले ३८३६ मत प्राप्त गरेर युवा नेता गगन थापालाई पनि उछिन्नुभएकाे छ ।

१४औं महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित गगन थापाले ३०२३ मत प्राप्त गर्नुभएकाे थियाे । जुन पदाधिकारीमा सर्वाधिक थियो । थापाले दोस्रो चरणमा २७३३ मत ल्याएर सभापति निर्वाचित शेरबहादुर देउवालाई पनि उछिन्नुभएकाे थियाे । तर थापाले ल्याएको सर्वाधिक मतलाई शशांकले ८ सयभन्दा बढी मत ल्याउँदै उछिन्नु भएकाे हाे ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

यससँगै शशांक १४औं महाधिवेशनमा कमिटी निर्वाचनमा सर्वाधिक मत ल्याउने नेता बन्नुभएकाे छ । उहाँले करिब ८० प्रतिशत मत प्राप्त गर्नुभएकाे छ ।

यसैगरी पदाधिकारीअन्तर्गत उपसभापतिमा सबैभन्दा बढी पूर्णबहादुर खड्काले २१२१ मत पाउनु भयाे ।

आठ वटा सहमहामन्त्रीमा फरमुल्लाह मन्सुरले सबैभन्दा बढी २७७६ मत पाउनु भयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button