
युट्युबमा आफ्ना १० लाख फलोअर्सलाई सम्बोधन गर्दै ४६ वर्षीय मेजावाले अन्तरिक्षमा दाँत कसरी माझ्ने र बाथरुममा जाने बारेमा बताउनु भएकाे छ । एउटा भिडियोमा अन्तरिक्ष स्टेसनमा रहँदा आफूले शान्तिको सास फेरको बताउनु भएकाे छ ।
अन्तरिक्षमा पिसाब फेर्न सहज भएको उहाँले बताउनु भएकाे छ । ‘अन्तरिक्षमा पिसाब फेर्न निकै सजिलो छ,’ सोली आकारको एउटा भाँडोलाई देखाउँदै उहाँले भन्नुभयाे ।
अर्को एउटा भिडियोमा मेजावाले चिया कसरी पिउने र जिरो गुरुत्वाकर्षणमा कसरी सुत्ने भन्ने बारेमा फलोअर्सहरुलाई देखाउनु भएकाे छ । अन्तरिक्षमा विभिन्न काम गर्न उहाँलाई १०० भन्दाबढी सुझाव दिइएको थियो ।
मेजावा आफ्नो अनौठो सोख बोकेर १२ दिनअघि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन प्रस्थान गर्नुभएकाे थियाे ।
कुनै बेला एउटा रक संगीत टोलीका ड्रमर रहनुभएका मेजावाले यसअघि प्रेमिकाको खोजी गर्ने एउटा कार्यक्रम अन्तरिक्षमा तय गर्नु भएकाे थियाे । तर, पछि कार्यक्रम रद्द गर्नुभएकाे थियाे ।
मेजावा जापानका ३०औँ धनाढ्य हुनुहुन्छ । उहाँसँग करिव दुई खर्ब अमेरिकी डलरबराबर सम्पत्ति छ । यसअघि अमेरिकी अर्बपति जेफ बेजोस र ब्रिटिशका धनाढ्य रिचार्ड ब्रान्सन अन्तरिक्ष यात्रामा जानु भएकाे थियाे ।
यात्राअघि मेजावालले घुमिरहेको मेचमा बस्ने, खाटमा सुत्ने र ब्याडमिन्टन खेल्ने तालिम लिनुभएकाे थियाे । ती सबै तालिमको भिडियो उहाँले आफ्नै युट्युवमा अपलोड गर्नुभएकाे थियाे ।





