
पाेखरा न्यूज । चिलीमा विपक्षी पार्टीका नेता ग्याब्रियल बोरिस राष्ट्रपतिमा निर्वाचित हुनुभएकाे छ । दक्षिणपन्थी उम्मेदवार जोसे एन्टोनियो कास्टलाई पराजित गरि ३५ वर्षीय बोरिस विजयी हुनुभएकाे हाे ।
अधिकांश मतगणना हुँदा बोरिसले ५६ प्रतिशत मत प्राप्त गर्नुभएकाे छ । कास्टले ४४ प्रतिशत मत प्राप्त गर्नुभएकाे छ । मतदान सम्पन्न भएको डेढ घन्टामै कास्टले आफ्नो पराजय स्वीकार गर्नुभएकाे हाे ।
निर्वाचनको औपचारिक घोषणा हुन भने बाँकी छ ।
३५ वर्षीय बोरिस चिलीको इतिहासमा नै अहिलेसम्मका कान्छा राष्ट्रपति हुनुभएकाे छ । त्यस्तै, उहाँ विश्वमै कान्छो नेतामध्ये एक हुनुहुन्छ ।
देशव्यापी रुपमा सरकारविरोधी प्रदर्शन भइरहेको पृष्ठभूमिमा राष्ट्रपति निर्वाचन सम्पन्न भएको थियो । पूर्वविद्यार्थी नेता बोरिसले असमानताविरुद्ध सरकारविरोधी आमप्रदर्शन र सन् २०१९ तथा सन् २०२० भ्रष्टाचारविरोधी आन्दोलनलाई समर्थन जनाउनु भएकाे हाे ।





