
पाेखरा न्यूज । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा भएको खुलातर्फ ३५ जना केन्द्रीय सदस्य निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ । जसमा तीन जना डाक्टर निर्वाचित भएका छन् ।
केन्द्रीय सदस्यमा निर्वाचित तीन डाक्टरमा डा. शशांक कोइराला, प्रा.डा. गोविन्दराज पोखरेल र डा. रामशरण महत हुनुहुन्छ । कोइरालाले पपुलर मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएकाे हाे । उहाँले ३८३६ मत ल्याउनु भएकाे हाे ।
३५ सदस्यका लागि भएको निर्वाचनमा तीन जना डाक्टर निर्वाचित हुँदा ६ जना डाक्टर भने पराजित हुनुभयाे। पराजित हुनेमा प्रा.डा. तिर्थराज खनियाँ, डा. सुरेशचन्द्र चालिसे, डा. टिएन योगी, डा.रामशरण थपलिया, डा. सुरेश मल्ल र डा. मुकेशराज काफ्ले रहनु भएकाे छ ।





