म्याग्दीमा ढुङामाटोले स्काईभेटरसहित पुरिएर ड्राइभरकाे मृत्यु

पाेखरा न्यूज । म्याग्दीमा ढुङामाटोले स्काईभेटरसहित पुरिएर साेमबार बिहान ड्राइभरकाे मृत्यु भएकाे छ ।

म्याग्दीकाे रघुगंगा गाउँपालिका-४ दग्नाम कुमा खोल्सास्थित नँया बन्दै गरेको हाई हिमालयन टुण्डी माथिल्ल्लो राहुघाट जलबिद्युत आयोजनामा ड्यामको काम गर्दै गर्दा  साेमबार बिहान माथिबाट ढुङामाटो सहितको ढिस्को खस्न गई  स्काईभेटरसहित चालकलाई पुरेकाे थियाे ।

साे घटनामा  स्काईभेटरका ड्राइभर रघुगंगा २ भगवती बस्ने अन्दाजी २८ वर्षीय भिम बहादुर खत्री पुरिएका थिए । उनकाे घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

घटनास्थलमा खटिएकाे  प्रहरी टोलीले शव उद्दार तथा घटनाको विषयमा थप अनुसन्धान गरिरहेकाे जनाइएकाे छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button