साफ उपविजेता टोलीले पाए ५ लाख नगद 

पाेखरा न्यूज । पहिलोपटक साफ च्याम्पियनसिपको फाइनल पुगेर भारतसँग पराजित भई उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोलीलाई नेपाल सरकारले नगदसहित सम्मान गरेको छ ।

मंगलबार बिहान प्रधानमन्त्री कार्यालय बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाले साफका २३ सदस्यीय नेपाली टोली र अफिसियललाई सम्मान गर्नुभएकाे हाे ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

साफको इतिहासमा २८ वर्षपछि पहिलोपटक फाइनल पुगेसँगै नेपाल सरकारले खेलाडीलाई जनही पाँच लाख दिने घोषणा गरेको थियो । सरकारले पूर्व घोषणाअनुसार नै प्रधानमन्त्री कार्यलयमा खेलाडी, प्रशिक्षक र अफिसियललाई क्रमशः पाँच लाख र तीन लाख रुपैयाँ दिएको हो ।

मादिल्भ्सको राजधानी मालेमा भएको फाइनल खेलमा नेपाल चिरपरिचित भारतसँग पराजित भएको थियो ।

नेपाली टोली

किरण चेम्जोङ (कप्तान), अनन्त तामाङ, दिनेश राजवंशी, सुमन अर्याल, गौतम श्रेष्ठ, सुजल श्रेष्ठ, तेज तामाङ, रोहित चन्द, पुजन उपरकोटी, सुमन लामा, नवयुग श्रेष्ठ, सुरजज्यु ठकुरी, नितीन थापा, विशाल राई, सुनिल बल, आशिष लामा, सन्तोष तामाङ, आयुष घलान, विशाल श्रेष्ठ, मनिष डाँगी, कमल थापा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button