उपत्यकामा बालबालिकालाई कोभिडविरुद्धको मोर्डना खोप लगाउन सुरु

पाेखरा न्यूज । सरकारले उपत्यकामा बुधबाट १२ देखि १७ वर्षको उमेर समूहका बालबालिकालाई कोभिडविरुद्धको मोर्डना खोपको पहिलो मात्रा लगाउने अभियान सुरु गरेको छ । सरकारले कोभिड खोप अभियान ४ पुसदेखि सुरु गरेको हो ।

यो अभियान १४ पुससम्म चल्नेछ भने खोपको दोस्रो मात्राको अभियान २ देखि १२ माघसम्म चल्नेछ । सरकारले यस खोपलाई पूर्ण रूपमा सुरक्षित भएको बताउँदै खोपलाई निर्धक्क भएर लगाउन बालबालिकालाई प्रेरित गर्न सबैलाई आग्रह गरेको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

स्वास्थ्य मन्त्रालयले सूचना प्रकाशन गरी १२ देखि १७ वर्षका बालबालिकाले आफू अध्यन गर्ने वा आफू नजिकको विद्यालयमा रहेको खोप केन्द्रमा गई खोप लगाउन आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button