कांग्रेस केन्द्रीय समितिमा ६ जना नवप्रवेशी विजयी

पाेखरा न्यूज । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा ६ जना नवप्रवेशी नेताले केन्द्रीय समितिमा जित हासिल गरेका छन ।

विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) र राप्रपा परित्याग गरी आएका सुनिलकुमार थापासहित ६ जना नवप्रवेशी केन्द्रीय समितिमा विजयी हुनुभएकाे हाे ।

३० असोज ०७४ मा कांग्रेससँग पार्टी समायोजन गर्नुभएका गच्छदार स्वयं उपसभापतिमा दुई मतले धनराज गुरुङसँग पराजित भए पनि उहाँसँग आउनु भएका पाँचजना भने केन्द्रीय समितिमा विजयी हुन सफल हुनुभएकाे छ । लोकतान्त्रिक फोरमबाट कांग्रेस भएका गोपाल दहित, गणेश लामा, रामजनम चौधरी, योगेन्द्र चौधरी र कल्पना चौधरी केन्द्रीय समिति सदस्यमा निर्वाचित हुनुभएकाे हाे ।

केन्द्रीय समितिका लागि खुलातर्फबाट उम्मेदवारी दिनुएका दहित १७ सय १० र लामाले १७ सय ८२ मत ल्याउनु भयाे । रामजनम चौधरी थारू खुला कोटातर्फबाट २५ सय तीन र योगेन्द्र चौधरीले २१ सय ९८ मत प्राप्त गरी केन्द्रीय समितिमा पुग्न सफल हुनुभएकाे छ ।

यसैगरी, थारू महिला कोटातर्फबाट २५ सय २४ मतसहित कल्पना चौधरी केन्द्रीय  समितिमा विजयी हुँदा गच्छदारसहित तत्कालीन लोकतान्त्रिक फोरमका शिवकुमार गुर्मछान र गीता चौधरी प्रतिस्पर्धामा उत्रिए पनि केन्द्रीय समिति सदस्य बन्न असफल रहनु भयाे ।

राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरी कांग्रेस प्रवेश गर्नुभएका सुनिल थापा पनि केन्द्रीय समितिमा सदस्यमा खुलातर्फबाट विजयी हुनुभएकाे छ । १३ साउन ०७७ मा कांग्रेस प्रवेश गर्नुभएका थापालाई २८ कात्तिकमा सहमहामन्त्रीको जिम्मेवारी दिइएको थियो । हालै सम्पन्न महाधिवेशनमा खुला केन्द्रीय सदस्यको कोटाबाट उम्मेदवार हुनभएका थापा २४ सय ७२ मतसहित विजयी हुनुभएकाे हाे ।

राप्रपा परित्याग गरी आएकामध्ये २८ कात्तिकमा केन्द्रीय सदस्यमा मनोनीत हुनुभएका रामप्रसाद भट्टराई, विष्णुविक्रम थापा, बाबुराम बस्नेत, बृजलाल यादव, किरण गिरी, टिएन योगी, दिलीप राई, आशाराम चौधरी र राजेशबहादुर सिंहलाई सभापतिले मनोनीत गरेर केन्द्रीय समितिमा ल्याउने बुझिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button