कांग्रेस केन्द्रीय समितिमा ६ जना नवप्रवेशी विजयी

पाेखरा न्यूज । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा ६ जना नवप्रवेशी नेताले केन्द्रीय समितिमा जित हासिल गरेका छन ।

विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) र राप्रपा परित्याग गरी आएका सुनिलकुमार थापासहित ६ जना नवप्रवेशी केन्द्रीय समितिमा विजयी हुनुभएकाे हाे ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

३० असोज ०७४ मा कांग्रेससँग पार्टी समायोजन गर्नुभएका गच्छदार स्वयं उपसभापतिमा दुई मतले धनराज गुरुङसँग पराजित भए पनि उहाँसँग आउनु भएका पाँचजना भने केन्द्रीय समितिमा विजयी हुन सफल हुनुभएकाे छ । लोकतान्त्रिक फोरमबाट कांग्रेस भएका गोपाल दहित, गणेश लामा, रामजनम चौधरी, योगेन्द्र चौधरी र कल्पना चौधरी केन्द्रीय समिति सदस्यमा निर्वाचित हुनुभएकाे हाे ।

केन्द्रीय समितिका लागि खुलातर्फबाट उम्मेदवारी दिनुएका दहित १७ सय १० र लामाले १७ सय ८२ मत ल्याउनु भयाे । रामजनम चौधरी थारू खुला कोटातर्फबाट २५ सय तीन र योगेन्द्र चौधरीले २१ सय ९८ मत प्राप्त गरी केन्द्रीय समितिमा पुग्न सफल हुनुभएकाे छ ।

यसैगरी, थारू महिला कोटातर्फबाट २५ सय २४ मतसहित कल्पना चौधरी केन्द्रीय  समितिमा विजयी हुँदा गच्छदारसहित तत्कालीन लोकतान्त्रिक फोरमका शिवकुमार गुर्मछान र गीता चौधरी प्रतिस्पर्धामा उत्रिए पनि केन्द्रीय समिति सदस्य बन्न असफल रहनु भयाे ।

राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरी कांग्रेस प्रवेश गर्नुभएका सुनिल थापा पनि केन्द्रीय समितिमा सदस्यमा खुलातर्फबाट विजयी हुनुभएकाे छ । १३ साउन ०७७ मा कांग्रेस प्रवेश गर्नुभएका थापालाई २८ कात्तिकमा सहमहामन्त्रीको जिम्मेवारी दिइएको थियो । हालै सम्पन्न महाधिवेशनमा खुला केन्द्रीय सदस्यको कोटाबाट उम्मेदवार हुनभएका थापा २४ सय ७२ मतसहित विजयी हुनुभएकाे हाे ।

राप्रपा परित्याग गरी आएकामध्ये २८ कात्तिकमा केन्द्रीय सदस्यमा मनोनीत हुनुभएका रामप्रसाद भट्टराई, विष्णुविक्रम थापा, बाबुराम बस्नेत, बृजलाल यादव, किरण गिरी, टिएन योगी, दिलीप राई, आशाराम चौधरी र राजेशबहादुर सिंहलाई सभापतिले मनोनीत गरेर केन्द्रीय समितिमा ल्याउने बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button