कांग्रेस केन्द्रीय समिति बैठक १० पुसमा बस्ने 

पाेखरा न्यूज । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक १० पुसमा बस्ने तयारी गरिएको छ । १४औँ महाधिवेशनबाट चयन भएको केन्द्रीय कार्यसमितिको पहिलो बैठक १० पुसमा बस्ने तयारी भएको हो ।

‘१० पुसमा केन्द्रीय कार्यसमितिको बैठक बोलाउने तयारी भएको छ,’ पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएकाे छ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

१४औँ महाधिवेशनमा विभिन्न कलस्टरका लागि भएको निर्वाचनको मतगणना बिहीबार सक्ने तयारी कांग्रेसको छ ।

‘१४औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम आज आउनेछ,’ मुख्यसचिव पौडेलले भन्नुभयाे, ‘यसपछि १० पुसमा बस्ने गरी केन्द्रीय कार्यसमिति बैठक बोलाउने तयारी भएको हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button