अनेरास्ववियू आरआरका विद्यार्थीबीच कुटाकुट

नेतृत्व चयनको विषयमा कुरा मिलेन

पोखरा न्यूज । काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पसमा अनेरास्ववियू क्याम्पस कमिटीका विद्यार्थीहरू एकआपसमा कुटाकुट गरेका छन् ।

कमिटीको विस्तारित बैठकका क्रममा बिहीबार विहान कुटाकुट भएको हो ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

कमिटी पुनर्गठन र नेतृत्व चयन गर्ने विषयलाई लिएर सोही क्याम्पसका विद्यार्थी र केन्द्रीय कमिटीका पदाधिकारीहरुबीच भनाभन पश्चात झडप भएको थियो ।

झडपमा परेर केही विद्यार्थी सामान्य घाइते छन् । झडपको भिडियो अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।

झडपपछि विस्तारित बैठक स्थगित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button