प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकीको छनौट शुरु

उद्घाटन खेलमा तनहुँमाथि कास्कीको ४ विकेटको जित

पोखरा न्यूज । काठमाण्डौमा हुने प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशको छनौट खेल बिहीबारदेखि पोखरामा शुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा कास्कीले तनहुँमाथि ४ विकेटको जित निकालेको छ ।

खेलमा पहिला ब्याटिङ गरेको तनहुँले निर्धारित ४० ओभर खेल्दै १ सय ८० रनको योगफल तयार पा¥यो । तनहुँको तर्फबाट अभिषेक बस्नेतले सर्वाधिक ७० रन बनाए । ७१ रनको सामना गरेका उनले ५ चौका र ४ छक्का प्रहार गरे । त्यस्तै दिनेश बुढामगरले ४३ रन जोडे । कास्कीको बलिङतर्फ अमृत गुरुङले ३, कृष्ण पौडेलले २ तथा कप्तान विपिन खत्रीले १ विकेट लिए ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

जितका लागि १ सय ८१ रनको लक्ष्य पछ्याएको कास्कीले ३०.४ ओभरमा मात्रै ६ विकेट गुमाएर जित हासिल ग¥यो । कास्कीको तर्फबाट म्यान अफ द म्याच अनिल गुरुङले ७० तथा विधान श्रेष्ठले ६६ रन जोडे । ७० बलको सामना गरेका अनिलले आफ्नो पारीमा ८ चौका तथा २ छक्का प्रहार गरे भने विधानले १० चौका हानेका थिए । तनहुँका बलर चन्द्रकान्त पौडेलले ३, अभिषेक बस्नेतले २ तथा दिवस आचार्यले १ विकेट लिए ।

यसअघि गण्डकी खेलकुद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङले प्रतियोगिताको उद्घाटन गर्दै खेलाडीहरू निश्चित लक्ष्यका साथ खेल क्षेत्रमा लाग्नुपर्नेमा जोड दिए । खेलाडीहरूले पारिवारिक, आर्थिक समस्याका बाबजुद पनि खेल क्षेत्रमा ठूलो योगदान दिएको भन्दै अव खेलकुद क्षेत्रलाई व्यावसायिक बनाउनुतर्फ राज्य लाग्नुपर्ने उनको भनाई थियो ।

त्यस्तै कार्यक्रमका अर्का विशेष अतिथि युवा उद्यमी मञ्च गण्डकीका अध्यक्ष सुनिलबहादुर भट्टराईले यसअघि पनि मञ्चले कास्की क्रिकेटसँग विभिन्न समयमा सहकार्य गर्दै आएको बताउँदै आगामी दिनहरूमा पनि सहकार्य गरिने बताए । कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले सञ्चालन गरेको कार्यक्रममा गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष देवेन्सन प्रजुले प्रतियोगिताको बारेमा अवगत गराएका थिए । प्रतियोगितामा कास्की, तनहुँ, स्याङजा र नवलपुर गरी ४ टिमको सहभागिता रहको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button