१६ करोड रुपैयाँ हिनामिनाकाे आराेपमा सप्तकोसी डेभलपमेन्ट बैंकका एक कर्मचारी पक्राउ 

पाेखरा न्यूज ।  १६ कारोड रुपैयाँ हिनामिना गरेको ओरापमा सप्तकोशी डेभलपमेन्ट बैंक विराटनगरको कर्पोरेट कार्यालयका जेनेरल सर्भिस डिपार्टमेन्ट(जिएसडी) प्रमुख हिमाल भट्टराई पक्राउ परेका छन् । उनलाई पक्राउ गरी थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

बैंककै एक कर्मचारीले गोप्य रूपमा नेपाल राष्ट्र बैंकमा आर्थिक हिनामिना भइरहेको उजुरी गरेपछि राष्ट्र बैंकले आर्थिक हिनामिनाको विषयमा पत्राचार गरेको थियो । राष्ट्रबैकले पत्राचार गरेपछि मात्र थाहा पाएको सञ्चालक समितका अध्यक्ष  डा. अर्जुन बरालले बताउनु भयाे ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

अहिले प्रहरी, सीआईबी र नेपाल राष्ट्र बैंकले छानबिन गरिरहेकोले छानबिनपछि मात्र वास्तविक्ता बाहिर ल्याउन सकिने उहाँले बताउनु भयाे । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले बैंकमा ठगी भएको उजुरी आएपछि भट्टराईलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताउनु भयाे ।

नेपाल राष्ट्र बैंकको विकास बैंक सुपरीवेक्षण विभाग र सीआईबीले पनि बैंकमा भएको आर्थिक हिनामिनाको अनुसन्धान गरिरहेको छ । पक्राउ परेका भट्टराईले २०७१ सालदेखि बैंकको रेमिटेन्सतर्फ जिएसडि प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका थिए ।  प्रमुख भट्टराई, बैंकका सिईओ नविन सुवेदीका फुपूका छोरा हुन् । बैंकमा आर्थिक अनियमितता भएको विषय बाहिरिएपछि सञ्चालक समितिले बैंकका तत्कालीन अध्यक्ष तारानाथ निरौलालाई समेत हटाएको थियो ।

१ मंसिरदेखि सञ्चालक बराललाई अध्यक्षको जिम्मेबारी दिइएको छ ।  नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त बैंकको केन्द्रीय कार्यालय धनकुटामा छ । बैंकको प्रदेश १ भरिमा ३६ वटा शाखा कार्यालय छन् । बैंकको चार अर्ब ३० करोड निक्षेप छ । काबेली विकास बैक र सप्तकोसीबीच मर्ज भएको थियो ।

सञ्चालक समितिका निर्वमान अध्यक्ष निरौला एमालेका नेतासमेत हुन । उनी विराटनगर महानगरपालिकाका कर्मचारीसमेत हुन् । बाग्मती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडले मेयर भएको समयमा खाद्यविज्ञका रुपमा उनलाई जागिर दिएको थियो । पछि उनी विराटनगरमा सरुवा भएर आएका थिए ।

बैंकको अध्यक्ष बरालले बैंकका निक्षेपकर्ता तथा लगानीकर्ताको रकममा धरापमा नपर्ने बताउनु भयाे ।  उहाँले आर्थिक हिनामिनाले तत्काल बैंकको नाफा घट्ने तर पछि कर्मचारीबाट असुल उपर गरेपछि त्यो परिपूर्ति हुने दाबीसमेत गर्नुभयाे । उहाँले आन्तरिक छानविन समेत गरीरहेको बताउनु भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button