पाेखरामा अवैध हतियार सहित ३४ वर्षीय गुरुङ पक्राउ

पाेखरा न्यूज । पाेखरामा अवैध हतियारसहित एक ३४ वर्षीय युवकलाई प्रहरीले बिहीबार दिउसाे पक्राउ गरेकाे छ ।

इलाका प्रहरी कार्यालय शिसुवा र वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरी टोलीले कास्कीकाे पोखरा महानगरपालिका वडा नं.३२ मजुवामा शंकास्पद अवस्थामा हिँडिरहेका माछापूच्छ्रे गा.पा. वडा नं.५ रिभान बस्ने ३४ वर्षीय गणेश गुरुङलाई पक्राउ गरेकाे जनाएकाे छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

गुरुङले बोराभित्र लुकाई छिपाई लिएर हिँडिरहेको अवस्थामा एक नाले भरुवा बन्दुक १ थान, सोही बन्दुकमा लाग्ने केप १ थान र बारुद १५ ग्राम सहित प्रहरी टा‍ेलीले फेला पारेको हाे ।

उनलाई नियन्त्रणमा लिई कास्की जिल्ला अदालतबाट हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा आठ दिन म्याद थप गरी अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरीले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button