हुम्लामा तीन फिटसम्म हिमपात: हिउँ जम्न थाल्याे, जनजीवन प्रभावित

पाेखरा न्यूज । हिमाली जिल्ला हुम्लामा शनिबार बिहानैबाट हिमपात हुँदा जिल्लाको जनजीवन प्रभावित भएको छ ।  हुम्ला सदरमुकाम सिमकोटमा एक इन्चभन्दा बढी हिउँ जमिसकेको छ । जिल्लाको उत्तरी भेगमा नाम्खा गाउँपालिकामा भने सदरमुकाम सिमकोटभन्दा बढी तिन फिट जति हिउँ जमेको नाम्खा गाउँपालिका ३ का सुनाम छिरीङ लामाले बताउनु भएको  छ ।

नाम्खा गाउँपालिकाको उच्च भेग यारी लिमी नारा न्यालु लेकमा बाक्लो हिउँ जम्नुका साथै आवतजावतमा समेत थप कठिनाइ भइरहेकाे लामाले बताउनु भयाे।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

हुम्लामा हिमपातका कारण चिसो अत्यधिक बढेपछि जनजीवन कष्टकर बन्दै गएको छ ।

हिमपातका कारण उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा, नारा, न्यालु लगायतमा आवतजावतमा थप कठिनाइ भएको छ । एक गाउँबाट अर्को गाउँसम्मको आवतजावत रोकिएको छ । यस्तै सदरमुकाममा चहलपहल न्यून छ ।

उत्तरी नाम्खा गाउँपालिकामा जिल्ला सदरमुकाम भन्दा बढी चिसो रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । यहाँको तापक्रम माइनस ८ डिग्री सेल्सियससम्म पुगेसँगै बिहान बेलुका बढी चिसो हुने गरेको छ ।

हिमपात हुँदा जिल्लाका दक्षिण क्षेत्रका किसानलाई फाइदा पुगेको छ । हिउँदे बाली गहुँ, जौ, खनजोत गर्ने समयमा हिमपात हुँदा सजिलो हुने भएको छ । यस पटकको हिमपातले जेठासी बालीलाई राम्रो गर्ने जानकारी प्राप्त भएको छ ।

शुक्रबार साँझ देखि जिल्लाको मौसममा फेरवदल आएसँगै शनिबार विहानबाट हिमपात भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button