पोखराको सुजल डेरीले उत्कृष्ट उत्पादन भन्दै ल्यायो ‘सफल फेमिली मिल्क’ बजारमा

पोखरा न्यूज । पोखराबाट दुग्ध जन्य पदार्थको उत्पादन तथा विक्री वितरण गर्दै आएको सुजल डेरी प्रालिले सफल फेमिली मिल्क बजारमा ल्याएको छ ।

‘ढुक्क भई पिऔँ हेल्दी लाइफ जिऔँ’ भन्ने नाराका साथ् बजारमा ल्याएको ‘सफल फेमिली मिल्क’ आफ्नो उत्कृष्ट उत्पादन भएको समेत कम्पनीले दाबी गरेको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

‘सुखी र खुसी जीवनशैलीका लागि पारिवारिक स्वास्थ्य महत्त्वपूर्ण हुन्छ’, हामीले प्रत्येक परिवारलाई स्फूर्ति र स्वस्थ राख्नको लागि शुद्धता, पौष्टिकता र स्वादले भरिएको फेमिली मिल्क बजारमा ल्याएका छौँ’, सहायक ब्राण्ड प्रबन्धक रोविन काफ्लेले भन्नुभयो ।

सफल फेमिली मिल्कमा एसएनएफ र फ्याटको पुरै सन्तुलन मिलाइएको हुँदा अन्य दूध भन्दा बढी नौनीयुक्त, स्वादिलो र स्वास्थ्यवर्धक रहेको काफ्लेले भनाई छ । ‘यो दूधमा ८.५ प्रतिशत एसएनएफ र ५.५ प्रतिशत फ्याट रहेको छ, जसबाट पाइने क्याल्सियम, प्रोटिन, भिटामिन, मिनिरल जस्ता तत्त्वका कारण शरीरलाई तन्दुरुस्त र स्वस्थ राख्न मद्दत गर्दछ’, काफ्लेले भन्नुभयो । दूधको मिठास अन्य दूधको भन्दा फरक र उत्कृष्ट रहेको उहाँले दाबी गर्नुभयो ।

सफल फेमिली मिल्कको प्याकेट पारदर्शी रहेको हुँदा दूधमा भएको बाक्लोपन हेरेर नै महसुस गर्न सकिने काफ्लेको भनाई छ ।

आइएसओ सर्टिफाइड कम्पनी सुजल डेरीले पोखरा तथा पोखरा नजिकका क्षेत्रमा गाई भैँसीबाट उत्पादित दूधलाई संकलन गरी अत्याधुनिक प्रविधिमा पास्चुराइज गरी बजारमा पठाउने गर्दछ ।

स्थानीय स्तरबाट दूध संकलन गरेर पास्चुराइज गरी तुरुन्तै उपयोग योग्य बनाइ बजारमा पठाइने हुँदा आफ्ना उत्पादनको दूधमा स्वाद, गुणस्तर, स्वच्छता र ताजापन कायम रहने कम्पनीको दाबी छ ।

सफल दूध, सफल गोल्ड मलाइदार दूध, सफल दही, सफल पनिर, सफल घ्यू, सफल नौनी, सफल बटर आदी जस्ता सुजल डेरीका यस अघिका उत्पादनहरूले बजारमा राम्रो स्थान ओगट्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button