
पाेखरा न्यूज । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको बन्दसत्र चलिरहेको छ । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा जारी बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गरिरहनु भएकाे छ ।
एक घण्टा ३० मिनेटभन्दा बढी समयदेखि प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएकाे छ । उहाँले वैचारिक तथा राजनीतिक दस्तावेजको चार भाग प्रस्तुत गर्नुभएकाे छ ।
आइतबारबाट सुरु भएको सो महाधिवेशन १५ पुससम्म चल्नेछ । सो महाधिवेशनले १५ पदाधिकारीसहित २९९ जना केन्द्रीय सदस्य चयन गर्नेछ ।





