पोखरामा हत्या गरेर फरार भएका अशोक बहराइनमा पक्राउ

पोखरा न्यूज । पोखरामा एक पुरुषको हत्यामा संलग्न भई फरार रहेका व्यक्ति बहराइनमा पक्राउ परेका छन् ।

सात मुहानेमा १५ वर्षअघि सामान्य विवादमा रोजन राईलाई दाउराको चिर्पट प्रहार गरेर हत्या गर्ने पोखराका अशोक गुरुङलाई प्रहरीले बहराइनमा पक्राउ गरेको ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

घटनासम्बन्धी फाइल हेर्दा सम्बन्धित अपराधी पक्राउ नपरेको खुलेपछि प्रक्रिया अघि बढाइएकोमा इन्टरपोलको नेशनल सेन्ट्रल ब्युरो (एनसीबी) नेपालको अनुरोधमा बहराइन प्रहरीले गुरुङलाई पक्राउ गरेको कास्की प्रहरी प्रमुख, एसपी रमेश थापाले जानकारी दिनुभयो ।

२९ वैशाख २०६३ मा राईको हत्या गरेका गुरुङको संलग्नता तत्काल नखुल्दा उनी भागेर वैदेशिक रोजगारीका लागि बहराइन पुगेका थिए ।

गुरुङविरुद्ध २७ मंसिरमा रेड नोटिस जारी भएको थियो । गुरुङलाई कूटनीतिक माध्यमबाट सुपुर्दगी गरेर नेपाल ल्याउने प्रयास भइरहेको जानकारी आफूले प्राप्त गरेको एसपी थापाले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button