
पाेखरा न्यूज । नेकपा एमालेका उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले एमालेसँग कसैले वैचारिक प्रतिस्पर्धा गर्न नसक्ने बताउनु भएकाे छ ।
प्रेस चौतारी नेपालको केन्द्रीय कमिटी बैठकलाई मंगलबार लुम्बिनीमा सम्बोधन गर्दै उहाँले एमालेबाहेकका दल विचारविहीन रहेको टिप्पणी गर्नुभयाे ।
उपमहासचिव गुरुङले एमालेको विचारसँग प्रतिस्पर्धा गर्ने तागत कसैसँग नरहेको दाबी गर्नुभयाे ।
उहाँले कांग्रेस र माओवादी नीति, विचार र नेतृत्वमा कमजोर रहेको टिप्पणी गर्दै विधिको कुरा गरेर पार्टी विभाजन गरेका माधव नेपाल सबैभन्दा बढी विधि मिच्ने नेताको रूपमा अग्रसर रहेको आरोप लगाउनु भयाे ।
एमालेलाई दक्षिणपन्थी अवसरवादबाट जोगाउनु मुख्य चुनौती रहेको गुरुङको भनाइ छ । बैठकलाई सम्बोधन गर्दै एमाले नेता भानुभक्त ढकालले एमाले १०औँ महाधिवेशनपछि एकढिक्का भएर अगाडि बढेको बताउनु भयाे ।
राष्ट्रिय सभाका एमालेका प्रमुख सचेतक खिमलाल भट्टराईले सत्ता स्वार्थमा बनेको पाँच दलीय गठबन्धन धेरै दिन नटिक्ने बताउनु भयाे ।





