
पाेखरा न्यूज । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरी नेपाल फर्किनु भएकाे छ ।
२८ वर्षपछि नेपाललाई साफ च्याम्पियनसिपको फाइनलमा पुर्याउनु भएका प्रशिक्षक अब्दुल्लाह मंगलबार अपराह्न नेपाल झर्नुभएकाे हाे ।
साफ च्याम्पियनसिपको फाइनल पुगेपछि नेपाली टोलीको मुख्य प्रशिक्षकबाट राजीनामा दिनुभएका अब्दुल्लाह केही साताको विश्राम पछि पुनः नेपाल आउनु भएकाे थियाे ।
एन्फाले उहाँलाई २०२२ सम्म नेपालमै हुनेगरि सम्झौता नवीकरण गरेको थियो । त्यसपछि पुनः गृहनगर कुवेत फर्किनु भएका अब्दुल्लाह लामो विश्रामपछि फर्किनु भएकाे हाे ।
हाल उपत्यकामा जारी सहिद स्मारक ए डिभिजन लिगको नवौं चरणपछि राष्ट्रिय टोलीले केही मैत्रीपूर्ण खेल खेल्ने भएसँगै अब्दुल्लाह नेपाल आइपुग्नुभएकाे हाे ।
उहाँलाई राष्ट्रिय टोलीका व्यवस्थापक मधुसूदन उपाध्याय लगायत एन्फा सदस्यले विमानस्थलमा स्वागत गर्नुभयाे ।





