जन्ती बोकेको जिप दुर्घटना: पाँच जनाको मृत्यु, दुई जना घाइते

पाेखरा न्यूज । जन्ती बोकेको जिप दुर्घटना हुँदा रौतहटमा पाँच जनाको मृत्यु भएको छ । गौरबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको भारतीय बीआर ०५पीए ६९५३ नम्बरको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुनील मल्लले जानकारी दिनुभयाे ।

‘मंगलबार ४ः१० बजे जन्ती बोकेको जिप अनियन्त्रित भएर दुर्घटना भयो,’ प्रवक्ता मल्लले भन्नुभयाे, ‘पाँच जनाको मृत्यु भएको छ ।’

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

उक्त जिपमा सात जना सवार रहेका थिए । बाँकी दुई जना घाइते रहेका उनले बताए । ‘दुई जना घाइतेमध्ये एक जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । अर्का घाइतेलाई उपचारका लागि वीरगञ्ज पठाइएको छ,’ प्रवक्ता मल्लले बताउनु भयाे ।

उहाँका अनुसार गरुडा नगरपालिकाको जयनगरमा अनियन्त्रित हुँदा जिप दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । मृतक र घाइतेको परिचय खुलिनसकेको उहाँले बताउनु भयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button