‘नयाँ भेरियन्ट ओमिक्रोनलाई निस्कृय पार्ने एन्टीबडी पत्ता लाग्यो’

एजेन्सी  । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम विश्वभर बढिरहेको छ । जोखिम बढिरहेका बेला वैज्ञानिकहरुले नयाँ भेरियन्टलाई तटस्थ पार्ने एन्टिबडी पत्ता लागेको बताएका छन् । यो सँगै नयाँ भेरियन्ट नियन्त्रणमा वैज्ञानिकहरुमा केही आशा पलाएको छ ।

 

पत्ता लागेको भनिएको एन्टिबडीले भाइरस उत्परिवर्तन भइसकेपछि पनि परिवर्तन नहुने भाइरसको संरचनाको क्षेत्रलाई निशाना बनाउनेछ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

विकसित एन्टिबडीले अहिले विश्वभर त्रास फैलाइरहेको ओम्रिोनबाहेक भविष्यमा उत्पत्ति हुने नयाँ भेरियन्ट नियन्त्रणमा पनि उपयोगी हुने युनिभर्सिटी अफ वासिंगटन स्कुल अफ मेडिसियनका प्राध्यापक डेभिड भेस्लर बताउनु हुन्छ।

नयाँ एन्टिबडीबारे गरिएको अध्ययन जर्नल नेचरमा प्रकाशित छ । अध्ययनले खोप निर्माण गर्न र एन्टिबडी उपचारमा सहयोग गर्ने वैज्ञानिकहरुले विश्वास गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button