जिप दुर्घटना हुँदा ७ जना घाइते, चालक फरार

पोखरा न्यूज । बिहीबार  जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।  काठमाडौंबाट यात्रु लिएर दिक्तेलतर्फ जाँदै गरेको ना१ज ४९५६ नम्बरको टाटासुमो खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान गुराँसेमा दुर्घटना हुँदा सात जना घाइते भएका हुन् ।

साकेला गाउँपालिका–२ रतन्छाका काजीमान राई (६२), हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारका नारायण बस्नेत (२६), उनकी श्रीमती निर्मला बस्नेत (२१), केपिलासगढी गाउँपालिका–२ खार्ताम्छा चोखानेका बिनाराम राई (३३), उनकी श्रीमती शारदा राई (३२), उनकै १ वर्षीय छोरा सोमराज राई र दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरीका डिबी खड्का (४२) घाइते भएका हुन् ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

घाइतेमध्ये काजीमानको अवस्था गम्भीर रहेको छ । उनको दाहिने हातको तीन औला छिनालिएको इलाका प्रहरी कार्यालय महादेवस्थान हलेसीले जनाएको छ । उनको ॐबाबा पोलिक्लिनिक हलेसिमा उपचार भइरहेको छ । अन्य घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

घट्ना लगत्तै चालक फरार छन् । अनियन्त्रित बनेको जिप सडकबाट करिब १५ मिटर तल खसेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button