पाेखराबाट गृहमन्त्री खाँण भन्छन्ः सबै निर्वाचन समयमै सम्पन्न हुन्छन

पाेखरा न्यूज । गृहमन्त्री बालकृष्ण खाँणले सबै तहका निर्वाचन तोकिएकै मितिमा सकिने बताउनु भएकाे छ । पोखरामा पत्रकारहरूसँग कुरा गर्दै उहाँले निर्वाचनको मितिभित्र शान्तिपूर्ण ढंगले सक्ने बताउनु भयाे ।

‘सबै निर्वाचनहरू समयमै सम्पन्न हुन्छन् । सरकारले शान्ति सुरक्षा प्रदान गर्नेछ,’ उहाँले भन्नुभयाे, ‘स्वतन्त्र र भयमुक्त वातावरणमा जनताले मत दिएका र विश्वास पाएका प्रतिनिधि छनोट हुनेछन् ।’ उहाँले समय भने तोक्नुभएन ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

निर्वाचन आयोगले वैशाखमा स्थानीय सरकारको निर्वाचन गर्न सरकारलाई प्रस्ताव गरेको छ । अघिल्लो पटकको पहिलो स्थानीय निर्वाचन ३१ वैशाख २०७४ मा गते भएको थियो । खाँणले त्यही मितिलाई लक्षित गर्दै समयभित्रै निर्वाचन गर्ने बताउनु भएकाे हाे ।

उहाँले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट पास गर्ने दाबी गर्नुभएकाे छ । नेपाल सरकारले नै प्रस्ताव परेको परियोजना भएकाले यसलाई पास गरेर जानुको विकल्प नभएको उहाँले बताउनु भयाे ।

‘एमसीसी कुनै सैन्य परियोजना हुँदै होइन । नेपालको भौतिक विकासका लागि नै हो । जलविद्युतको ट्रान्समिसन र सडक विस्तारका लागि नै यो परियोजना आएको हो,’ उहाँले थप्नभयाे, ‘यसको रकम हामीले तिर्नुपर्ने छैन, अनुदान हो । नेपालीले यसको सदुपयोग गर्नुपर्दछ । त्यसैले यो अघि बढ्नुपर्छ ।’

एमसीसी पास गर्न सबै पार्टीको सहमति पाउने उहाँको विश्वास छ । ‘संविधानसभाको निर्वाचन हुँदैन भनेका थिए, दुईपटक निर्वाचन भयो । संविधानसभाबाट संविधान बन्दैन भन्ने थियो, बन्यो । हाम्रै पार्टीको महाधिवेशन हुँदैन भन्थे, भयो,’ खाँण भन्नुहुन्छ, ‘एमसीसी पनि सहमतिकै आधारमा पास हुन्छ, त्यो सरकारलाई विश्वास छ ।’ फरक प्रसंगमा गृहमन्त्री खाँणले पोखरा र लेकसाइड क्षेत्र २४ सैं घन्टा खुला गर्ने बताउनु भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button