
पाेखरा न्यूज । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा.प्रेमध्वज लामा राजीनामा दिनुभएकाे छ । लामाले पदबाट राजीनामा दिएको शुक्रबार त्रिविको नेपाली इतिहास संस्कृति तथा पुरातत्व विभागले पुष्टि गरेको हो ।
नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सिन्धुपाल्चोकबाट प्रतिनिधि निर्वाचित भएलगत्तै उहाँले उपप्राध्यापकबाट राजीनामा दिनुभएकाे थियाे । तर उहाँको राजीनामा स्वीकृत भएको थिएन । नेपाली इतिहास, संस्कृति तथा पुरातत्व केन्द्रीय विभागमा कार्यरत लामाले राजीनामा बुझाएकाे मुख्य कार्याल्य सहायक ईन्द्रकुमारी महर्जनले बताउनु भयाे ।
हालै मात्र उहाँले विद्यावारिधि उपाधि हासिल गर्नुभएकाे हाे । उहाँले आगामी २७ पुसमा हुने कांग्रेस सिन्धुपाल्चोकको सभापतिका उम्मेदवारी दिने हुनुभएकाे हाे । लामा पार्टी सभापति शेरबहादुर देउवा निकट नेता हुनुहुन्छ । विद्यार्थी राजनीतिबाट शिक्षण पेसामा प्रवेश गर्नुभएका लामा फेरि पार्टी राजनीतिमा लाग्नुभएकाे छ ।





