देउवाले गरे पौडेलसहित १० नेतालाई केन्द्रीय सदस्य मनोनित

पाेखरा न्यूज । नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाले १० जना नेतालाई केन्द्रीय समिति सदस्यमा मनोनयन गर्नुभएकाे छ ।

सभापति देउवाले रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, प्रकाशशरण महत, नारायण खड्का उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मालाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गर्नुभएकाे हाे ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम उक्त मनोयन गरिएको मुुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button