हिमपहिरोमा परी मनाङमा एक जनाकाे मृत्यु

पाेखरा न्यूज ।  मनाङमा हिमपहिरोमा परी एक जनाकाे मृत्यु भएकाे छ । मनाङकाे नासों गाँउपालिका-४ ओडार बस्ने ५५ वर्षीय आजुङ लाटा गुरुङ भन्ने आच्यु गुरुङकाे मृत्यु भएकाे हाे ।

बुधबार अन्दाजी दिउसाे ५ बजेकाे समयमा तपकीस्थित भेडी गोठबाट घर फर्कने क्रममा साेही ठाँउकाे दफाडी जंगलमा हिमपहिरोमा परी गुरुङ हराइ सम्पर्क बिहिन भएका थिए ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

उनी हराएकाे खबर पाएपछि पुगेकाे  प्रहरी टोलीले खोजतलास गर्दा आइतबार बिहान अन्दाजी ८ बजेकाे समयमा  फ्लेमरो जंगलस्थित रउ भिरमा हिउले पुरि मृत अवस्थामा फेला पारेको जनाइएकाे छ ।  घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीकाे भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button