एमसीसीविरुद्ध २२ दलीय मोर्चाको विरोध प्रदर्शन 

पाेखरा न्यूज । मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) पारित नगर्न माग गर्दै आइतबार नेकपा क्रान्तिकारी माओवादी, नेकपा मसालसहित २२ दलीय मोर्चाले विरोध प्रदर्शन गरेको छ । एमसीसी राष्ट्रहितविपरीत रहेको भन्दै उनीहरूले विरोध प्रदर्शन गरेका हुन् ।

माइतीघर मण्डलामा आयोजित विरोध प्रदर्शनमा सहभागीहरूले ‘जनराष्ट्रघाती एमसीसी सम्झौता खारेज गर, वैदेशिक हस्तक्षेप मुर्दावाद, देश बेच्न पाइँदैन’ जस्ता नारा लगाएका थिए ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

विरोध प्रदर्शनलाई सम्बोधन गर्दै नेकपा क्रान्तिकारी माओवादीका महासचिव सिपी गजुरेलले एमसीसी सम्झौता सदनबाट अनुमोदन गरेमा अमेरिकी सेना नेपाल आउन सक्ने बताउनु भयाे ।

नेपाल बसेर चीनविरोध गतिविधि गर्न अमेरिकाले एमसीसीमार्फत सहयोग गर्न लागेको उहाँको भनाइ छ । छिमेकी देश वा अन्य देशविरुद्ध क्रियाकलाप गर्न आफ्नो भूमि प्रयोग गर्न नेपालले दिन नहुने भन्दै उनले यसका लागि एमसीसी स्वीकार्न नहुनेमा जोड दिनुभएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button