सर्टिफिकेट कन्तुरमा थन्काइ यू टर्न गर्छन् इन्जिनियरहरू

पछिल्लो डेढ दशक केलाएर हेर्ने हो भने हाम्रो देशमा उत्पादन भएका हजारौँ इन्जिनियरहरू कहाँ छन् रु के गर्दैछन् रु मेरो सुझबुझले भ्याएसम्म यसको सटिक आँकडा कोही कसैसँग पनि छैन । हाम्रो जस्तो गरिब मुलुकलाई विकासको दिसातर्फ मोड्ने मुख्य मेरुदण्ड इन्जिनियर र इन्जिनियरिङ क्षेत्र नै हो भनेर न राज्यले बुझ्न सक्यो न त इन्जिनियरिङ समुदायको नेतृत्व गर्ने कुनै पङ्क्तिले विकासोन्मुख देशका लागि मेरुदण्ड हामी नै हौँ है भनेर राज्यलाई बुझाउन सक्यो ।

इन्जिनियरिङको महत्त्व र यस क्षेत्रको बृहत् बिस्तारमा कोही कसैले पनि विशेष चासो नदेखाउनुले नै आज हजारौँ इन्जिनियर आफ्नो युवा जोस जाँगर विश्वका विभिन्न देशमा पुगेर खर्चिनुले हाम्रो देशले जुन गतिमा विकास गर्नु पर्ने हो त्यो गतिमा घर्सण पैदा गरेको छ भन्ने कुराको निर्क्योल सहजै निकाल्न सकिन्छ । स्वदेशमै बसेर पनि इन्जिनियरिङमा कुनै भविष्य नदेखेर सर्टिफिकेट कन्तुरमा थन्काइ जिन्दगी नै यू टर्न गर्ने इन्जिनियरको पनि कमी छैन हाम्रो देशमा ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

निजी कम्पनीका जागिरे जिन्दगी खासै उत्साहजनक नहुँदा नहुँदै पनि आफूहरू श्रम शोषणमा पर्ने गरेका गुनासा धेरै सुनिने गरेका छन् । सरकारी तहका इन्जिनियरहरूमाथि पनि बारम्बार हुने विभिन्न खालका विकृति जन्य प्रहारले इन्जिनियरिङ समुदायको हैसियत र स्तर कुन दिशा तर्फ मोडिँदै छ भन्ने कुराको बहस चल्न र चलाउन जरुरी छ । ग्लोबल डाटा केलाएर हेर्ने हो भने पनि आजको मितिसम्म वर्ल्ड क्राइसिस बिजनेसमा इन्जिनियरिङ पर्दछ तर हाम्रो देशमा आज भन्दा दशकौँ अगाडि पनि धरहराबाट ढुङ्गाले हान्यो भने इन्जिनियरको टाउकोमा पर्छ भन्ने कथन देशै भरी व्याप्त हुनुले त्यो काल खण्ड देखि नै सरकारी, अर्ध–सरकारी र निजी क्षेत्रमा इन्जिनियरहरू केही मात्रमा खपत भएता पनि व्यापक परिचालन भने नभएको देखिन्छ ।

यस्तै यस्तै घुमावदार परिस्थितिमा ढुलमुल गर्दै धुलो मैलोमा मडारिँदै अगाडि बढी रहेको हाम्रो देशको इन्जिनियरिङ समुदाय देख्दा नव-प्रवेशी इन्जिनियर वर्गमा हामी सिनियर इन्जिनियरहरूले कस्तो छाप छोड्दै छौ भनेर आत्म समीक्षा गर्न पर्ने समय आएको हो कि भनेर गौण भएर सोच्ने बेला आयको छ। यदि हाम्रो तहको इन्जिनियरिङ नेतृत्वले माथि उल्लेखित तमाम व्याप्त समस्या र तिनका समाधानका उपाय अविलम्ब खोज्ने प्रयास गर्न सकेन भने इन्जिनियरिङ शिक्षा प्रति नै युवा जमातमा वितृष्णा पैदा नहोला भन्न सकिँदैन । अतः यस बारेमा अर्थपूर्ण बहस चलाउन नसक्ने हो भने आजको देशै भरीको इन्जिनियरिङ समुदायको नेतृत्वले सारभूत रूपमा असफलताको कित्तामा आफूलाई उभ्याउन तयार रहनु पर्दछ।

ई.दीपक सुवेदी

लेखक समाजवादी इन्जिनियरिङ एसोसिएसन नेपालका गण्डकी प्रदेश संयोजक हुनुहुन्छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button