हत्याकाे प्रयासबाट जाेगिए हेइटीका प्रधानमन्त्री, प्रथम महिला घाईते

पाेखरा न्यूज । हेइटीका प्रधानमन्त्री एरिअल आंगी हत्या प्रयासबाट बच्नुभएकाे छ । उत्तरी सहर गोनायभको एउटा गिर्जाघरमा आयोजित कार्यक्रममा सहभागी जाने क्रममा उहाँको हत्या प्रयास भएको जनाइएको छ । प्रधानमन्त्री र उहाँको टोलीमाथि बाटोमा नै गोली प्रहार भएको थियो । गोली प्रहारबीच उहाँको गाडी तीव्र गतिमा हुइकिएको थियो । आक्रमणमा प्रथम महिला घाईते हुनुभएकाे छ ।

सुरक्षाकर्मी र बन्दुकधारीहरूबीच भएको गोली हानाहानका क्रममा एक जनाको मृत्यु भएको र दुई जना घाइते भएका छन् । आक्रमणकारीहरु गिर्जाघरको पर्खालमा लुकेको जनाइएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

६ महिनाअघि तत्कालीन राष्ट्रपति जोभनेल मोइजको निवासमै हत्या भएको थियो । हत्यापछि देशको सुरक्षा व्यवस्था कमजोर रहेको भन्दै सरकारको आलोचना भएको थियो । राष्ट्रपतिको हत्यामा प्रधानमन्त्रीकै संलग्नता रहेको हुन सक्ने विपक्षीहरुले आरोप लगाउँदै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button