संसदको अवरोध हटाउन प्रधानमन्त्री देउवा ओलीलाई भेट्न तयार

पाेखरा न्यूज । प्रधानमन्त्री शेरबहादुर देउवा संघीय संसदमा देखिएको गतिरोध अन्त्यका लागि क्रियाशील हुने हुनुभएकाे छ । लामो समयसम्म सदनमा देखिएको प्रमुख विपक्षी दल एमालेको अवरोध अन्त्य गर्ने विषयमा प्रधानमन्त्री देउवा क्रियाशील हुने हुनुभएकाे हाे। यसका लागि देउवा एमाले अध्यक्ष केपी ओलीसँग छलफल गर्ने तयारीमा रहेकाे गठबन्धनकी नेतृ तथा राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले जानकारी दिनुभयाे ।

‘सदनमा देखिएको अवरोध हटाउन प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओलीसँग छलफल गर्न तयार हुनु भएको छ,’ उहाँले भन्नुभयाे । आफ्नो पार्टी विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको र पार्टीले कारबाही गरेकालाई सांसदको मान्यता दिइरहेको भन्दै एमालेले संघीय संसदको नवौं र चालू दसैं अधिवेशनका बैठकमा नाराबाजी गर्दै अवरोध सृजना गरिरहेको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बिहीबार बसेको बैठकमा प्रधानमन्त्री देउवाले ओलीसँग भेटेर राजनीतिक गतिरोध अन्त्यका लागि प्रयास थाल्न लागेको जानकारी दिइएको उहाँले बताउनु भयाे ।

‘आज बसेको बैठकमा संयन्त्र संयोजक रामचन्द्र पौडेलले राजनीतिक गतिरोध हटाउन प्रधानमन्त्री देउवा ओलीसँग छलफल गर्न लाग्नु भएको ब्रिफिङ गराउनुभयो’, पौडेलले भन्नुभयाे, ‘ओली बालुवाटार आउनु भएन भने म आफैँ बालकोट जान तयार रहेको देउवाले पौडेललाई बताउनु भएको बैठकमा जानकारी दिइयो ।’  उहाँका अनुसार बुधबार भएको पौडेलसँग भेटमा देउवाले गतिरोध अन्त्यका लागि आफू ओलीलाई बालकोटमै गएर भए पनि भेट्न तयार रहेको बताउनु भएकाे हाे ।

एमाले सांसदको नाराबाजीका कारण सदन बैठक प्रभावित हुँदै आएको छ । नवौँ अधिवेशनका सबै बैठकमा नाराबाजी गरेका एमाले सांसदले चालू १०औँ अधिवेशनका बैठकमा पनि अवरोध सृजना गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button