गण्डकीसहित सातै प्रदेशमा शुक्रबार दिउँसाे वर्षाकाे सम्भावना

पाेखरा न्यूज । देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जसकारण शुक्रबार बिहान प्रदेश १ र २ का एक-दुई स्थानमा हल्का वर्षा भएको छ ।

दिउँसो सातै प्रदेशका थोरै स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ । उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

राति प्रदेश १, २, बागमती र गण्डकीका एक-दुई स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको छ।

शनिबार सुदूरपश्चिम र कर्णालीका धेरै स्थानमा वर्षाको सम्भावना छ । बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हिमपातको सम्भावना रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button