निर्मला पन्तको विषयमा अहिले किन सरकार मौन छ?- ओली

पाेखरा न्यूज । नेकपा एमाले अध्यक्ष केपी ओलीले बलात्कारपछि हत्या भएकी कन्चनपुरकी निर्मला पन्तको विषयमा सरकार मौन बसेको आरोप लगाउनु भएकाे छ ।

काठमाडौंको मुलपानीमा शुक्रबार आयोजित एमाले काठमाडौंको जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा उहाँले आफू सरकारमा हुँदा अनुसन्धान गर्न नदिएर व्यवधान खडा गरेको भन्दै अहिले देउवा सरकार किन मौनको भन्दै प्रश्न गर्नुभयाे ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

‘हामी सरकारमा हुँदा निर्मला निर्मला भनेर अनुसन्धानमा अवरोध गरेका थिए, प्रहरीलाई अनुसन्धानमा व्यवधान गरे’, उहाँले भन्नुभयाे, अहिले कांग्रेसको नेतृत्वको सरकार किन मौन बसेको छ ।’

११ साउन २०७५ मा बलात्कारपछि हत्या गरिएको अवस्थामा निर्मला फेला पर्नुभएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button