माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई कोभिड संक्रमण

पोखरा न्यूज ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कोभिड-१९ को संक्रमण भएको छ ।

शुक्रबार साँझ पिसिआर परीक्षण गर्दा प्रचण्डमा कोभिड पोजेटिभ पाइएको उनको निजी सचिवालयले जानकारी दिएको छ । प्रचण्ड अहिले आफ्नै निजी निवासमा होमआइसोलेसनमा हुनुहुन्छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

प्रचण्डसँग सम्पर्कमा रहेका सबैलाई सतर्कता अपनाउन पनि उहाँको निजी सचिवालयले भनेको छ ।

माओवादी नेताहरुमा कोभिड संक्रमण देखिन थालेपछि प्रचण्डले पछिल्लो समय भेटघाट बन्द गर्नुभएको थियो ।

नेता नारायणकाजी श्रेष्ठले पनि कोभिड संक्रमण भएको आजै जानकारी दिइसक्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button