विश्वमा कोभिड लहरः संक्रमण दर तीव्र, मृत्यु दर न्यून

पाेखरा न्यूज । पछिल्लो समयमा विश्वभर कोभिड संक्रमण तीव्र फैलिएको छ । युरोपबाट सुरु भएको कोभिडको पछिल्लो लहर पश्चिमका बिभिन्न देश हुँदै दक्षिण एसियासम्म फैलिएको छ । विश्वमा औषतमा एकै दिन २० लाख जनामा कोभिड संक्रमण देखिएको छ । १ जनवरीदेखि ७ जनवरीको अवधिमा पहिचान भएका नयाँ संक्रमितहरुको तथ्यांक विश्लेषण गर्दा औषतमा दैनिक संक्रमितको संख्या २१ लाख ६ हजार ११८ पुगेको छ ।

दक्षिण अफ्रिकामा नोभेम्बरको अन्तिम साता कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै विश्वव्यापी रुपमा संक्रमित दर २७० प्रतिशत छ । संक्रमित दर बढे पनि मृत्यु दर भने सन् २०२० को अक्टोबर यताकै सबैभन्दा थोरै देखिएका छन् । अहिले कोभिडबाट औषतमा दैनिक ६ हजार २३७ जना संक्रमितको मृत्यु भएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

अन्य भेरियन्टको तुलनामा ओमिक्रोन कम घातक भएको विज्ञहरुले बताए पनि यस संक्रमणका कारण विश्वको स्वास्थ्य प्रणाली नै तहस नहस हुने विज्ञहरुले चेतावनी दिँदै आएका छन् ।

संक्रमित बढेपछि विभिन्न देशले लकडाउनलगायतका प्रतिबन्धात्मक व्यवस्था घोषणा गरेका छन् । यस्तो प्रतिबन्ध लगाउनेमा युरोपेली देशहरु अग्रपंक्तिमा छन् । भाइरस नियन्त्रण गर्न भन्दै विभिन्न देशहरुले खोप कार्यक्रमलाई तीव्र पारेका छन् ।

युरोपबाहेक अमेरिका र क्यानडा कोभिडको हटस्पट बनेका छन् । विश्वका कूल संक्रमितमध्ये ४९ प्रतिशत अमेरिका र ३३ प्रतिशत क्यानडाका छन् ।

युरोपमा कोभिड संक्रमण दर अहिलेसम्मकै उच्च देखिएको छ । त्यस्तै, पछिल्लो एक सातामा प्रशान्त महासागर क्षेत्रमा २२४ प्रतिशत, ल्याटिन अमेरिकी देशमा १४८ प्रतिशत, मध्यपूर्वमा ११६ प्रतिशत र एसियामा १४५ प्रतिशतले कोभिड बढेको छ ।

सन् २०२० मा महामारी सुरु भएको अफ्रिकामा पछिल्लो समयमा संक्रमण दर स्थिर छ । दक्षिण एशियाली देशमा भारतमा संक्रमण दर बढ्दो देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button