साउदी राजकुमारी तीन वर्षपछि रिहा

पाेखरा न्यूज । साउदी राजकुमारी र उहाँकी छोरी तीन वर्षपछि रिहा हुनुभएकाे छ । राजकुमारी बासमा बिन्ट साउद र उहाँकी छोरीलाई सन् २०१९ को मार्चमा पक्राउ गरेर थुनामा राखेको थियो ।

उपचारका लागि स्वीट्जरल्यान्ड जाने क्रममा साउद पक्राउ पर्नुभएकाे थियाे । उहाँलाई पक्राउ गर्नुको कारणबारे अहिलेसम्म सरकारले केही जानकारी दिएको छैन् ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

उहाँले संबैधानिक सुधार र मानवअधिकारका पक्षमा बारम्बार आवाज उठाएकाले सोही कारण कारागार राखिएको हुन सक्ने केहीले अनुमान गरेका छन् ।

उहाँको पूर्वयुवराज मोहमदा विन नायफसँगको सम्बन्धका कारण जेल चलान गरिएको हुन सक्ने केहीको अनुमान छ । राजकुमारीको स्वास्थ्यमा समस्या देखिएपछि रिहा गरिएको प्राप्त पछिल्लो विवरणमा जनाइएको छ ।

आफ्नो स्वास्थ्यमा थप समस्या देखिएको भन्दै गत अप्रिलमा ५७ वर्षीय बास्माले साउदी राजा सलमान र युवराज मोहमदा विन सलमानसमक्ष रिहाईका लागि अनुरोध गर्नुभएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button