खोप कार्ड नहुनेले माघ ३ पछि यी स्थानहरूमा प्रवेश नपाउने

पोखरा न्यूज । माघ ३ गतेदेखि सार्वजनिक स्थलमा प्रवेश गर्दा कोरोना खोप लगाएको कार्ड देखाउनुपर्ने भएको छ ।

कोरोना संक्रमितको संख्या बढ्दै गएसँगै कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) को आइतबारको बैठकले सरकारसमक्ष यस्तो सिफारिस गरेको हो ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्रकी प्रवक्ता सुनिता नेपालका अनुसार विभिन्न सार्वजनिक स्थलमा प्रवेश गर्दा खोप लगाएको पास देखाउनु पर्ने छ ।

कार्यालय, होटेल, सिनेमा हल, रंगशाला, हवाइ यात्रा गर्दा खोप लगाएको प्रमाण देखाएर मात्रै सेवा लिन पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button