नेपालमा थप ३५ सय ५३ जनामा काेराेना संक्रमण

पाेखरा न्यूज । पछिल्लो २४ घण्टामा नेपालमा थप ३५ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार पछिल्लो २४ घण्टामा १५ हजार ८१ जनामा गरिएको पीसीआर र एन्टिजेन परीक्षणबाट यो संख्यामा संक्रमण पुष्टि भएको हो ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

यस्तैगरी, पछिल्लो २४ घण्टामा दुई सय ७१ जना संक्रमणमुक्त भएका छन् भने एक जनाको संक्रमणबाट मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार नेपालमा हाल १४ हजार तीन सय ४० जना सक्रिय संक्रमित रहेका छन् ।

साथै सरकारले पछिल्लो एक दिनमा तीन लाख ५६ हजार चार सय जनालाई कोरोनाविरुद्धको भ्याक्सिन लगाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button