सुन २०० रुपैयाँले बढ्याे, यस्ताे छ बजार भाउ

पाेखरा न्यूज । नेपाली बजारमा शुक्रबार सुन प्रतिताेला २०० रुपैयाँले बढेकाे छ ।

नेपाल  सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार  छापावाल सुन प्रतितोला ९२ हजार५०० रुपैयाँमा कारोबार भएकोमा शुक्रबार २०० को दरले बढेर प्रतितोला ९२ हजार ७०० रुपैयाँमा काराेबार भइरहेकाे छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९२ हजार  २०० रुपैयाँ  निर्धारण भएको छ ।

चाँदीको भाउ पनि प्रतितोलामा एक हजार २६० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ प्रतितोलाको एक हजार २५५ रुपैयाँमा कारोबार भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button