
पोखरा न्यूज । काठमाण्डौबाट पोखराको लागी उडेको गुण एयरलाइन्सको जहाजलाई पुनः त्रिभुवन विमानस्थलमै फर्काइएको छ ।
उडेको केही बेरमै जहाजको ककपिटमा ढोका लक नभएको संकेत पाएपछि पाइलटले जहाजलाई फर्काएर त्रिभुवन विमानस्थलमा नै ल्याण्ड गरेको विमानस्थलका प्रमुख भोला प्रसाद गुरागाईले बताउनुभयो ।
आज बिहान साढे ८ बजे पोखरा उड्ने तालिका रहेको उक्त जहाज डिले भएर १० बजे पोखराको लागी उडेको थियो ।
विमानस्थल प्रमुख गुरागाईका अनुसार अहिले विमानस्थलमा जहाजको प्राविधिक जाँच गर्ने कार्य भइरहेको छ ।
काठमाण्डौ फर्काइएका यात्रुहरुलाई अर्को जहाजमार्फत पोखरा पठाउने तयारी गरिएको छ ।





